खगेन्द्रको ‘पानीफोटो’ साउनमा - Crazysaptahik.com

खगेन्द्रको ‘पानीफोटो’ साउनमा

अभिनेता खगेन्द्र लामिछानेको निर्देशनमा डेब्यु फिल्म ‘पानीफोटो’ को प्रदर्शन मिति परिवर्तन भएको छ । आगामी १० भदौ प्रदर्शनमा आउन लागेको फिल्म सरेर १३ साउनमै आउने भएको हो । निर्देशक समेत रहेका अभिनेता खगेन्द्रले फिल्म १३ साउन उपयुक्त मिति देखेर रिलिज गर्न लागेको बताए ।

अभिनेता खगेन्द्रले आफू लिखित नाटक ‘पानीफोटो’लाई फिल्मको स्वरुपमा ढालेका हुन् । माओवादी जनयुद्धको समयमा झन्डै डेढ दशक अगाडि बेपत्ता भएको छोराको पर्खाइमा बसेका बा–आमाको कथालाई प्रस्तुत गरिएको फिल्ममा खगेन्द्रसँगै सुनिल पोखरेल, अनुप बराल, मेनुका प्रधान, प्रकाश घिमिरे, माओत्से गुरुङ, बुद्धि तामाङ्ग, मलिका महत, अशान्त शर्मालगायतको अभिनय रहेको छ ।

काठमाडौं, बर्दिया, रोल्पा र स्याङ्जामा छायांकन भएको फिल्मलाई दीपक बज्राचार्यले छायांकन गरेका हुन् । त्यस्तै, फिल्ममा निमेष श्रेष्ठ र अर्जुन कार्कीको सम्पादन र पुष्पा संगमको पाश्र्व संगीत छ । टुकी आर्ट्स र मन्जुश्री फिल्म्सले निर्माण गरेको फिल्ममा खगेन्द्र स्वयंको लेखन छ । फिल्म खगेन्द्रकी श्रीमती रोजिना सिटौला र रविन्द्र बज्राचार्यले निर्माण गरेका हुन् ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.