
हलिउड अभिनेता जोनी डिप अहिले चर्चामा छन् । पूर्वपत्नी तथा अभिनेत्री एम्बर हर्डले लगाएको हिंसाको मुद्दामा उनको जित भइसकेको छ ।मुद्दाको फैसलापछि अहिले अभिनेता डिपसहित फ्यानले खुसीयाली मनाइरहेका छन् । यस्तो खुसी बलिउड र हलिउडमा मात्र नभएर नेपाली फिल्ममा समेत आइपुगेको छ ।
डिपले मुद्दा जितेपछि अभिनेता अनमोल केसीले समेत खुसी बाँडेका छन् । हलिउड फिल्म ‘एलाइस इन वन्डरल्याण्ड’मा अभिनेता डिपको क्यारेक्टर लुक्समा फोटोसुट गर्दै अनमोलले खुसी बाँडेका हुन् ।
इन्स्टाग्राममार्फत सेयर गरिएको तस्वीर जोनी डिपको लागि ‘ट्रिब्युट’ भएको उनले उल्लेख गरेका छन् । अनमोल लेख्छन्– ‘यो एउटा तिम्रो लागि हो जोनी डिप । म्याड हेटरले भनेका थिए, ‘वास्तविकता नै जेल हो ।”

