‘वेलकम टु हेम्जा’को गीत रिलिज, फिल्म कात्तिक २५ मा - Crazysaptahik.com

‘वेलकम टु हेम्जा’को गीत रिलिज, फिल्म कात्तिक २५ मा

सरोज पौडेल निर्देशित फिल्म ‘वेलकम टु हेम्जाकोट’ कात्तिक २५ गते रिलिज हुने भएको छ । काठमाडौंमा आयोजित कार्यक्रममा पोस्टर र गीत सार्वजनिक गर्दै फिल्मको रिलिज मिति तय गरिएको हो । सार्वजनिक गीत ‘मायाको रेडियो’मा इन्दिरा जोशी र उदेश श्रेष्ठको स्वर समावेश छ ।

राज सागरको संगीत रहेको गीतमा प्रज्वल अधिकारीको शब्द छ । गम्भीर विष्टको कोरियोग्राफी रहेको यो गीतमा अलिशा शर्मा र विनोद न्यौपाने फिचर्ड छन् । निर्देशक पौडेलले नेपालको ग्रामीण जीवनशैलीका साथै कास्कीको हेम्जाकोटलाई फिल्ममार्फत पर्यटकीय गन्तव्यको रुपमा प्रवद्र्धन गर्ने उद्देश्य लिइएको बताए ।

कोरोना महामारीको समयमा छायांकन गरिएको यो फिल्ममा कमेडी समेत समावेश भएको जनाइएको छ । बुद्धि तामाङ, विनोद न्यौपाने, सन्दीप सिग्देल, दिनेश खड्का, प्रेविल कँडेल, अम्बिका तामाङ, सुजाइरा कार्की, अस्मिता पन्त, विशाल पहाडी, शारदा गिरी र स्वर्गीय जयनन्द लामाले फिल्ममा अभिनय गरेका छन् । दीर्घ गुरुङले छायांकन गरेको फिल्मलाई मित्र गुरुङले सम्पादन गरेका छन् ।

सम्बन्धित खवर