जी–बब र बुवाआमाबीच तनाव, दुवैले दिए एकअर्काविरुद्ध उजुरी - Crazysaptahik.com

जी–बब र बुवाआमाबीच तनाव, दुवैले दिए एकअर्काविरुद्ध उजुरी

जी–बब (सुदीप भण्डारी) र उनका आमाबुवाबीच तनाव बढेपछि जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको छ । आमाबुवाले आफूलाई रिह्याब सेन्टरमा राखेर बन्धक बनाएको भन्दै उजुरी दिएपछि उनका आमाबुवाले पनि त्यसविरुद्ध प्रशासनमा जाहेरी दिएका छन् ।

दुवैले एकअर्काविरुद्ध उजुरी दिएपछि प्रशासनले महानगरी प्रहरी परिसर काठमाडौंलाई छानबिन गर्न निर्देशन दिएको छ । यस विषयमा प्रहरीले छानबिन थालेको र दुवै पक्षलाई छलफलका लागि बोलाएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी दिनेश मैनालीले  बताए । उनले भने, ‘शुक्रबार छलफल निष्कर्षमा पुगेन, सोमबार फेरि बोलाएका छौं ।’

यसअघि जिल्ला प्रशासन कार्यालय, काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले दुईपक्षबीच छलफल गराएका थिए । त्यसक्रममा जी–बबले आफूलाई बुबा आमाले पहिल्यैदेखि नहेरेको र अहिले अनावश्यक हस्तक्षेप गरेको दाबी गरेका थिए । तर दुर्व्यवसनमा परेपछि छोरोलाई सुधार्न आफूहरुले सुधार केन्द्रमा राखेको बुबाआमाको भनाइ थियो ।

प्रशासनमा पौडेलले जी–बबलाई ‘जे भए बुबाआमा हुन्, नराम्रो सोच्नु हुँदैन’ भन्दै सम्झाएका थिए । उनी सहमतिमा नआएपछि लागूऔषधको पनि मामला जोडिएकाले उनले छलफलका लागि प्रहरी कहाँ पठाइदिएका थिए ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.