
जी–बब र उनका बुवाआमाबीचको विवाद चर्किएको छ । दुवै पक्षले एकअर्काविरुद्ध जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका छन् । प्रहरीले छलफलको लागि सोमबार बोलाएको छ । विवादको केन्द्रमा चाहिं गायन आयोजक कम्पनी अल नेपाल थग फेमिली (एएनटीएफ) छ ।
विवाद चर्किंदै जाँदा एएनटीएफका संस्थापक निमसाङले मुख खोलेका छन् । उनले विवादको केन्द्रमा ‘पैसा’को विषय रहेको टिप्पणी गरेका छन् । जी–बबसँग आफूहरुको सम्झौता रहेको, तर ऊ आफूहरुको मातहतमा नरहेको दाबी समेत उनले गरेका छन् । जी–बब एएनटीएफकै स्टुडियोमा बसोबास गर्ने भन्दै उनले जी–बब घर नजानुसँग आफूहरु जिम्मेवार नरहेको समेत बताएका छन् ।
निमसाङले एक टेलिभिजनसँग गरेको कुराकानीको अंश :
मलाई लाग्छ, यो सबै कन्ट्रोभर्सी पैसा हो । उसलाई सबैले प्रयोग गरेको छ । ट्री इन्टरटेनमेन्टले पनि लगेर राति त्यत्तिकै छाड्दियो । एएनटीएफको मान्छे गएर जी–बबलाई ल्याउनुपरेको राति पनि । भोलिपल्ट हामीले घर पुयाइदियौं । घरको मान्छेले पनि हामीलाई नै ब्याक पठाइदिनुभयो ।
हामीसँग कन्भर्सेसनको रेकर्डिङ पनि छ । उसको ममीको अनुसार ट्री इन्टरटेनमेन्टले हामीलाई यति पैसा दिन्छु भन्या छ रे । जी–बब भाइको म्युजिक भिडियो भए पनि आफ्नै छोराछोरी मुख्य एक्टर राखिएको छ । जी–बब भाइको केही पनि छैन, ऊ सेटबाट भागिदिएको हो । उनीहरुले टेन–एक्समा जी–बब आउँछ रे भनेर टिकट बेचिराखेको थियो ।
हामीले त इन्स्टाग्रामको पोस्टबाट थाहा पाएको । जी–बबको आमाको कुरा सुन्दा त ट्री इन्टरटेनमेन्टले यो अफर ग¥या छ, दीपक नेपाली घरमा आयो भनेर सुनियो । उसको बुवा त भर्खर आउनुभएको हो, त्यति थाहा छैन होला उहाँलाई । त्यससँग हामीलाई समस्या छैन, किनभने हामीले सम्झौतामा हस्ताक्षर गरेको हो ।
पर्दा पछाडि ट्री इन्टरटेनमेन्ट मात्र नभएर धेरै जनाले मान्छे उछाल्ने काम गरेको छ । अहिलेसम्म हाकिम दाइले गरेको ट्रान्जेक्सनको इसेवा रेकर्ड पनि छ । जी–बब भाइलाई हामीले अस्ट्रेलियाबाट एक लाख रुपैयाँ क्यास दिएको भिडियो पनि छ ।
उसले घरमा गएर दिएको पनि रहेछ । ‘भाग भाग’ र ‘फाइनल्ली भेटियो’ जस्ता गीतमा हाम्रो हात छैन । जी–बबलाई हामीले बाँधेर राखेका छैनौं । सबैजना हामीसँगै बस्छन् । हामी एउटै परिवार हौं । पुलिस केस हामीले हालेको हो, उहाँहरुले होइन ।
हाम्रो एउटा मात्रै माग छ, जी–बब हाम्रै आर्टिस्ट हो । हामी पारिश्रमिक दिन्छौं । यदि उसले आमालाई पे गर्दा हुन्छ भनेर भन्नुप¥यो । भोलिको दिनमा आमाले पैसा लग्यो, बब भाइले मलाई पैसा नै पे गया छैन भन्यो भने भन्न सक्छ । हाम्रो पनि मर्म बुझ्नुपयो ।

