उपराष्ट्रपति र मन्त्री आलेले ‘चिसो मान्छे’ हेर्ने, हल दौडाहामा स्वस्तिमा - Crazysaptahik.com

उपराष्ट्रपति र मन्त्री आलेले ‘चिसो मान्छे’ हेर्ने, हल दौडाहामा स्वस्तिमा

फिल्म ‘चिसो मान्छे’लाई उत्साहजनक प्रतिक्रिया मिलेको छ । दोस्रो दिन शनिबार पनि कलाकारद्वय स्वस्तिमा खड्का र अर्पण थापा हल–हलमा पुगेर दर्शकसँग संवाद गरिरहेका छन् । शनिबार बिदाको दिनमा फिल्मको अकुपेन्सी ८० देखि शतप्रतिशत देखिएको छ ।

मुख्य सहरका मल्टिप्लेक्समा दर्शकको चाप सिंगलमा भन्दा उच्च छ । निर्देशक दीपेन्द्र के खनालले बलियो ‘वर्ड अफ माउथ’लाई लिएर आफू उत्साहित रहेको बताए । खनाल निर्देशित अघिल्ला फिल्म ‘आमा’ र ‘पशुपतिप्रसाद’ले पनि ‘वर्ड अफ माउथ’कै आधारमा व्यवसायिक सफलता हासिल गरेका थिए ।

‘समीक्षा र वर्ड अफ माउथले विकडेजमा पनि दर्शक आउने देखिएको छ’ उनले भने । शुक्रबारै यो फिल्म अमेरिका र माल्टामा पनि रिलिज भएको छ । ती मुलुकबाट पनि प्रारम्भिक समीक्षा सुखद आएको निर्देशक खनालले बताए । यसैबीच फिल्मलाई उपराष्ट्रपति नन्दबहादुर पुनले पनि आइतबार दिउँसो हेर्ने कार्यक्रम छ ।

उनले दर्शकसँगै बसेर फिल्म हेर्ने भएका छन् । दिउँसो साढे २ बजे कमलपोखरीस्थित बिग मूभिजमा पुनले फिल्म हेर्ने तय भएको जानकारी खनालले दिए । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आलेले पनि केही दिनमा फिल्म हेर्ने सन्देश निर्मातालाई पठाएका छन् ।

सुदुरपश्चिमको बाजुरामा छायांकन गरिएको फिल्मले उक्त क्षेत्रको पर्यटनमा टेवा पुग्ने भन्दै मन्त्री आले खुशि भएर हेर्ने निधो दिएको निर्देशक खनालले दिए । अर्पण र स्वस्तिमाले मुख्य भूमिका निर्वाह गरेको फिल्मले कतारबाट ल्याइएको शवलाई कोभिड लकडाउनको बीचमा काठमाडौंदेखि बाजुरासम्म लैजान तय गरिएको यात्रालाई पेश गर्छ ।

वैदेशिक रोजगारीको सामाजिक आयाम र कोभिड लकडाउनले आममानिसमा पारेको असरलाई मुख्य विषयवस्तु बनाएको फिल्मलाई समीक्षकले अर्गानिक भन्दै प्रशंसा समेत गरेका छन् ।

 

सम्बन्धित खवर