परमिता–जेडी र छिरिङ–सरोज डान्सिङ स्टार्स नेपालको फाइनलमा - Crazysaptahik.com

परमिता–जेडी र छिरिङ–सरोज डान्सिङ स्टार्स नेपालको फाइनलमा

टेलिभिजन रियालिटी शो डान्सिङ स्टार्स नेपालको फाइनलमा परमिता राणा र जेडी तमु तथा छिरिङ शेर्पा र सरोज प्रजाको जोडी प्रवेश गरेको छ । शोको फिनाले असार १४ गते हुनेछ ।  शनिबार राति भएको सेमिफाइनलबाट अमर दाहाल–अमृत दाहाल र केविका खत्रीको जोडी बाहिरिएको छ ।

उक्त सेमिफाइनल एपिसोड मर्मस्पर्शी र भावुक देखिएको थियो । तीनैजना निर्णायक भावुक देखिएका थिए । प्रतिस्पर्धाबाट बाहिरिएपछि बोल्दै कोरियोग्राफर खत्रीले भनिन्, ‘सुरुमा म आफैंलाई शंका गरेकी थिएँ, जब उहाँहरु (अमर र अमृत)लाई पाएँ अनि मैले आफूलाई लक्की महसुस गरें ।’ नृत्यमा आधारित यो रियालिटी शो हिमालय टेलिभिजनबाट प्रसारण हुँदै आएको छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.