
टेलिभिजन सिरिज ‘तीतो सत्य’ फेम्ड अभिनेता राज आचार्य र ‘इन्टुमिन्टु लण्डनमा’की अभिनेत्री सुनिशा बजगाईंले मंगलबार लगनगाँठो कसेका छन् । रातोपुलस्थित शिवम् पार्टी प्यालेसमा उनीहरुले परम्पराअनुसार विवाह गरेका हुन् ।

परिवार र निकट आफन्तको उपस्थितिमा अहिले विवाह समारोह भइरहेको छ । बुधबार कलाकार र अन्यका लागि रिसेप्सनको आयोजना गरिएको छ ।
वरवधु पहिरनमा राज र सुनिशा खुसी र आकर्षक देखिएका छन् । एक वर्षदेखिको प्रेम सम्बन्धलाई उनीहरुले बिहेमा परिणत गरेका हुन् ।

