राजा वीरेन्द्रले विभूषण दिएका भारतीय सेनापतिमाथि फिल्म ‘श्याम बहादुर’ बन्ने - Crazysaptahik.com

राजा वीरेन्द्रले विभूषण दिएका भारतीय सेनापतिमाथि फिल्म ‘श्याम बहादुर’ बन्ने

सन् १९७१ को भारत–पाकिस्तान युद्धताकाका भारतीय सेनापति साम मनिक्सालाई लिएर बायोपिक फिल्म ‘श्याम बहादुर’ निर्माण हुने भएको छ । मेघना गुल्जारले निर्देशन गर्ने फिल्ममा बिक्की कौशलको मुख्य भूमिका हुनेछ ।

बिक्कीले गुल्जारको अघिल्लो फिल्म ‘राजी’मा समेत अभिनय गरेका छन् । बिक्कीले इन्स्टाग्राममार्फत यो फिल्मको निर्माण सुरु भएको जनाएका छन् । गोर्खा सैनिकमाझ चर्चित सामलाई सन् १९७२ मा नेपाली सेनाको मानार्थ सेनापतिको सम्मान प्रदान गरिएको थियो ।

तत्कालीन राजा वीरेन्द्रले उनलाई त्रिशक्ति पट्ट पदक सम्मान समेत प्रदान गरेका थिए । फिल्मसँग आफू आबद्ध रहेको जानकारी दिन पोस्ट गरेको तस्वीरमा बिक्कीले देशभक्ति भावना बोकेका फिल्ड मार्सलको भूमिकामा देखिन पाउँदा गौरवान्तित महसुस भएको उल्लेख गरेका छन् ।

सम्बन्धित खवर