‘राधा’को नयाँ पोस्टर सार्वजनिक, हराएका पतिको खोजीमा सृष्टि - Crazysaptahik.com

‘राधा’को नयाँ पोस्टर सार्वजनिक, हराएका पतिको खोजीमा सृष्टि

सृष्टि श्रेष्ठ स्टारर फिल्म ‘द सिक्रेट्स अफ राधा’को नयाँ पोस्टर सार्वजनिक गरिएको छ । फिल्ममा सृष्टिले एकल आमाको भूमिका निर्वाह गरेकी छन् । सार्वजनिक पोस्टरमा उनी हराएका पतिको खोजीमा निस्किएको देखिन्छ ।

सुवर्ण थापा निर्देशित फिल्म ‘राधा’ श्यामश्वेत प्रविधिमा निर्माण गरिएको छ । भदौ १० गते रिलिज हुने फिल्मका निर्माता अभिनेता समेत रहेका सौगात मल्ल हुन् । फिल्मकै प्रचारप्रसारका लागि सौगातले तीन महिनाका लागि अभिनयबाट विश्राम समेत लिएका छन् ।

फिल्ममा सृष्टि र सौगातसहित खगेन्द्र लामिछाने, मेनुका प्रधान, पशुपति राई, दिव्यदेव पन्त, पुष्कर गुरुङ, लोकेन्द्र लेखक लगायतले अभिनय गरेका छन् ।

 

 

 

सम्बन्धित खवर