भ्वाइस अफ नेपाल–४ मा २० हजार जनाको आवेदन, ब्लाइन्ड अडिसन चाँडै सुरु हुने - Crazysaptahik.com

भ्वाइस अफ नेपाल–४ मा २० हजार जनाको आवेदन, ब्लाइन्ड अडिसन चाँडै सुरु हुने

गायन रियालिटी शो द भ्वाइस अफ नेपाल सिजन ४ मा २० हजार जनाले आवेदन दिएका छन् । निर्देशक लक्ष्मण पौडेलका अनुसार देश विदेशबाट प्राप्त यो आवेदन निकै उत्साहजनक हो । वैशाखदेखि सुरु भएको आवेदन दिने समय बिहीबार सकिंदैछ । कुल आवेदकमध्येबाट डेढ सय जनालाई ब्लाइन्ड अडिसनमा छनोट गरिने भएको छ ।

डेढ सय जनाबाट पनि ६४ जना प्रतिस्पर्धी छानिनेछन् अनि प्रतियोगिता सुरु हुने गर्ने तयारी छ । आगामी एक महिनामा ब्लाइन्ड अडिसन सुरु हुने निर्देशक पौडेलले जानकारी दिए । साउन पहिलो सातादेखि सिजन ४ को प्रसारण सुरु हुने भएको छ ।

शोका चार जना कोचमध्ये केही हेरफेर गर्ने तयारी छ । द भ्वाइस अफ नेपालका अघिल्ला तीनै सिजन सफल भइसकेका छन् । यो गायन रियालिटी शो हिमालय टेलिभिजनबाट प्रसारण हुनेछ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.