थप ५५ लाख कमाए ‘कबड्डी ४’ले तोड्नेछ नेपालमा ‘बाहुबली २’को रेकर्ड - Crazysaptahik.com

थप ५५ लाख कमाए ‘कबड्डी ४’ले तोड्नेछ नेपालमा ‘बाहुबली २’को रेकर्ड

के ‘कबड्डी ४’ले घरेलु बक्स अफिसमा सबैभन्दा धेरै कमाउने ‘बाहुबली २’को कीर्तिमानलाई तोड्ला ? बक्स अफिस पण्डितहरुका लागि यो रस्साकस्सी निकै चासोको विषय बनेको छ । दयाहाङ राई स्टारर ‘कबड्डी’को चौथो श्रृंखलाले २८ दिनमा २२ करोड ४७ लाख रुपैयाँ ग्रस कमाएको छ । ‘बाहुबली २’ले नेपाली बक्स अफिसमा २३ करोड रुपैयाँ लाइफटाइम ग्रस कलेक्सन गरेको थियो ।

विकडेजमा अहिले कबड्डी ४ ले दैनिक ३ देखि ५ लाख रुपैयाँ कमाइरहेको छ । सप्ताहन्तमा दैनिक कलेक्सन ५ देखि १० लाखसम्म पुग्ने प्रक्षेपण छ । यस्तोमा २३ करोड रुपैयाँ ग्रस कमाउन कबड्डी ४ ले अब ५३ लाख रुपैयाँ कमाउनुपर्छ । ५५ लाख रुपैयाँ ग्रस कमाए मात्र कबड्डी ४ ले नेपालमा सर्वाधिक कमाउने फिल्मको कीर्तिमान कायम गर्नेछ ।

तर निकै ‘ड्रप’ भइसकेको फिल्मको कमाइको गतिमा कबड्डी ४ ले ५५ लाख रुपैयाँ थप कमाइ गर्ला त ? यो निकै चासोको विषय हो । निर्देशक तथा निर्माता रामबाबु गुरुङ आफ्नो फिल्मले २३ करोडको आँकडा पार गर्ने विश्वास गर्छन् । विदेशी बजारमा उछाल ल्याइरहेको कबड्डीले अमेरिकाका ४७ राज्यमा उत्कृष्ट प्रदर्शन गरिरहेको छ । विदेशबाट फिल्मले कुल १० करोड ग्रस कमाउने अपेक्षा छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.