छिरिङ शेर्पा र सरोज प्रजाको जोडीले जित्यो डान्सिङ स्टार्स नेपालको उपाधि - Crazysaptahik.com

छिरिङ शेर्पा र सरोज प्रजाको जोडीले जित्यो डान्सिङ स्टार्स नेपालको उपाधि

टेलिभिजन रियालिटी शो डान्सिङ स्टार्स नेपालको उपाधि छिरिङ शेर्पा र सरोज प्रजाको जोडीले जितेको छ । शुक्रबार राति सम्पन्न ग्रान्ड फिनालेमा उपाधिसँगै यो जोडीले १५ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ। प्रीति आले मगर र शेखर घर्ती मगरको जोडीले फस्ट रनरअप हुँदै २ लाख रुपैयाँ जितेको छ भने परमिता राणा र जेडी तमुको जोडी सेकेन्ड रनरअप भयो ।

विजेतालाई हिमालय टेलिभिजनका अध्यक्ष धर्मराज भुसाललले पुरस्कार र ट्रफी प्रदान गरे । एपमार्फत शोमा सहभागीमध्ये सरस्वती धिमाल उत्कृष्ट भइन् । उनले शोको आगामी सिजनमा स्टारको रुपमा प्रतिस्पर्धा गर्ने मौका पाएकी छन् । गत जेठदेखि सुरु भएको प्रतिस्पर्धामा १२ जना सेलिब्रिटी र कोरियोग्राफर जोडीले भाग लिएका थिए ।

गौरी मल्ल, दिलीप रायमाझी र रेनशा बान्तवा राई निर्णायक रहेको शोको फिनालेमा गायिका प्रविशा अधिकारीले सांगीतिक प्रस्तुति समेत दिएकी थिइन् । डान्सिङ स्टार्स नेपाललाई लक्ष्मण पौडेलले निर्देशन गरेका हुन् । कार्यक्रम हिमालय टेलिभिजनबाट प्रसारण हुँदै आएको थियो ।

तस्वीरहरु

 

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.