माझीगाउँका विपन्न विद्यार्थीलाई ‘जुठे’ टिमको सहयोग - Crazysaptahik.com

माझीगाउँका विपन्न विद्यार्थीलाई ‘जुठे’ टिमको सहयोग

टेलिभिजन सिरिज ‘जुठे’ले पाँच जना विपन्न विद्यार्थीलाई राहतस्वरुप ५० हजार रुपैयाँ प्रदान गरेको छ । सिरिजको छायांकन थलो लमजुङको राइनास नगरपालिका–८ स्थित माझीगाउँका विद्यार्थीलाई जनही १० हजार रुपैयाँको दरले सहयोग प्रदान गरिएको हो । सिरिजका निर्देशकद्वय तथा अभिनेता मरिचमान श्रेष्ठ ‘बल्छी धुर्वे’ र ‘राजु मास्टर’ले राहत बाँडेका हुन् ।

वडाध्यक्ष र अन्य प्रतिनिधिको उपस्थितिमा विपन्नलाई सहयोगी हात प्रदान गरिएको हो । ‘छायांकनको क्रममा गर्नुभएको सहयोगप्रति हामी आभारी छौं । आगामी दिनमा पनि सहयोग गर्न तयार छौं,’ बल्छी धुर्वेले  भने । अर्गानिक र ग्रामीण विषयवस्तुको कारण निकै रुचाइएको ‘जुठे’ सिरिज हिमालय टीभीबाट प्रसारण हुँदै आएको छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.