केकी र आँचल अभिनित ‘झिंगेदाउ’को टाइटल टिजर : सिक्का र झिंगामार्फत चरित्र चित्रण - Crazysaptahik.com

केकी र आँचल अभिनित ‘झिंगेदाउ’को टाइटल टिजर : सिक्का र झिंगामार्फत चरित्र चित्रण

ज्ञानेन्द्र देउजा निर्देशित फिल्म ’झिंगेदाउ’को टाइटल टिजर सार्वजनिक भएको छ । निर्देशक देउजाले यसबाट फिल्मको कथासार बुझाउन खोजेको बताए । ३० सेकेन्डको टिजरमा झिंगा, सिक्का र मुख्य अभिनेत्री केकी अधिकारी चिच्याएको आवाज प्रस्तुत छ । भदौ १७ गतेदेखि देशव्यापी प्रदर्शनको तयारीमा रहेको फिल्म भीमनिधि तिवारीको नाटकमा आधारित छ ।

केकीसहित आँचल शर्मा, मुकुन भुसाल र कुशल विष्ट मुख्य भूमिकामा छन् । पोस्ट प्रोडक्सनको काम सकिएपछि अब फिल्मको प्रचारमा जुट्ने निर्देशक देउजाले बताए । कपनगडी सिनेमा र क्रिउ नेपालको ब्यानरमा फिल्म निर्माण भएको हो । प्रदीप भारद्वाजको पटकथा तथा संवाद रहेको फिल्ममा अर्जुन पोखरेलको संगीत, विष्णु कल्पितको छायांकन र मित्र गुरुङको सम्पादन छ ।

सुलभ प्रतीक देउजा र समीक्षा देउजा निर्माता हुन् । फिल्ममा केकी र आँचल जेठानी देवरानीको भूमिकामा छन् । रामजी लामिछानेको नृत्य निर्देशन रहेको फिल्मको केही दिनअघि ललितपुरको शिरकाली चौरमा गीत सुटिङ भएको थियो ।

सम्बन्धित खवर