फिल्म ‘प्रकाश’को ‘जोर मैना’ गीत सार्वजनिक - Crazysaptahik.com

फिल्म ‘प्रकाश’को ‘जोर मैना’ गीत सार्वजनिक

 


फिल्म ‘प्रकाश’को अर्को गीत रिलिज गरिएको छ । बिहीबार सार्वजनिक गरिएको ‘जोर मैना’ बोलको गीतमा दीपक शर्माको शब्द, संगीत र ध्रुव बिस्कोको स्वर समावेश छ । जुम्लामा छायांकन भएको गीतले मुख्य दुई पात्रबीचको प्रेम र प्रेममा आएको अड्चनलाई प्रस्तुत गरेको छ । प्रदीप खड्का र रेणु योगी जुम्लेली पात्रमा फिचर्ड छन् ।

फिल्मले कर्णालीका एक युवकको शिक्षक बन्ने सपनालाई प्रस्तुत गर्छ । दिनेश राउत निर्देशित फिल्ममा प्रदीप खड्का, दीया मास्के, रेणु योगी, प्रकाश घिमिरे, निरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, दीपेन्द्र शाहीलगायतको अभिनय छ । बिनिस इन्टरटेनमेण्टको ब्यानरमा निर्माण भएको फिल्ममा विकास सुवेदीको लेखन, राजेश श्रेष्ठको छायांकन, जीवन थापाको सम्पादन, सुवास भुसाल, दीपक शर्मा, ताराप्रकाश लिम्बू र एलिस कार्कीको संगीत रहेको छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.