‘एक भिलेन रिटर्न्स’को ट्रेलर : प्रेम, सेक्स र बदलाको कथा - Crazysaptahik.com

‘एक भिलेन रिटर्न्स’को ट्रेलर : प्रेम, सेक्स र बदलाको कथा

जोन अब्राहम, अर्जुन कपुर, दिशा पटानी र तारा सुतरिया स्टारर बलिउड फिल्म ‘एक भिलेन रिटर्न्स’को ट्रेलर सार्वजनिक भएको छ । अघिल्लो फिल्मको केही दृश्यसहित ट्रेलर सुरु हुन्छ, जहाँ फिल्मको नयाँ युनिभर्स देख्न सकिन्छ । फिल्मको वास्तविक भिलेन को हो भनेर फिल्मले दर्शकलाई रहस्यमै राखिएकोबारे ट्रेलरमा केही संकेत दिइएको छ ।

जोन र अर्जुनको एक्सन दृश्य यसमा छ । दिशा र तारालाई पनि ट्रेलरका केही दृश्यमा खलपात्रको रुपमा देख्न सकिन्छ । मोहित सुरीका अघिल्ला फिल्म मलंग, एक भिलेनमा यस्तो निर्देशकीय मुड बुझ्न सकिन्छ । ट्रेलरमा चर्चित गीत ‘गल्लियाँ’को नयाँ भर्सन पनि सुन्न सकिन्छ ।

सन् २०१४ मा फिल्म रिलिज भएपछि यो गीत हिट भएको थियो । निर्देशक सुरीले ‘एक भिलेन रिटर्न्स’बारे बोल्दै यो फिल्म प्रेमप्रति आफ्नो मेहनत र लगावको नतिजा भएको बताएका थिए । यो फिल्म नेपालमा पनि साउन १३ गते रिलिज हुँदैछ ।

 

 

सम्बन्धित खवर