मंगलबार हुँदैछ पूर्वमिस नेपाल सदीक्षा श्रेष्ठ र प्रेमी राहुल मोक्तानबीच बिहे - Crazysaptahik.com

मंगलबार हुँदैछ पूर्वमिस नेपाल सदीक्षा श्रेष्ठ र प्रेमी राहुल मोक्तानबीच बिहे

सन् २०१० की मिस नेपाल सदीक्षा श्रेष्ठ र प्रेमी राहुल मोक्तानबीच मंगलबार विवाह हुने भएको छ । लामो समयको प्रेम सम्बन्धलाई यी दुईले विवाहमा परिणत गर्न लागेका हुन् । नेवारी परम्पराअनुसार हुने बिहेको लागि यतिबेला दुवै जनाले तयारी गरिरहेका छन् भने आफन्त र निकट व्यक्तिलाई निम्तो पत्र पनि वितरण गरिरहेका छन् ।

मंगलबार गैरीधाराको सिल्भर ओक पार्टी प्यालेसमा रिसेप्सन आयोजना गरिएको छ । नेवारी चलनअनुसार सोही रात बिहेको साइत रहेको सदीक्षा निकट स्रोतले जानकारी दियो । नेवारी परम्पराअनुसार केटीले पहिले रिसेप्सन दिएपछि केटाले जन्ती लिएर आउने परम्परा छ ।

बल्ल त्यसपछि केटा पक्षले भोज दिने चलन छ । काठमाडौंमै जिमखाना सञ्चालन गरिरहेका राहुल र सदीक्षाले एक वर्षदेखि डेट गरिरहेका थिए । उनीहरुले सामाजिक सञ्जालमा समेत आफ्नो सम्बन्धलाई खुला रुपमा प्रस्तुत गरिरहेका थिए । सदीक्षाले गत साता सम्पन्न डान्सिङ स्टार्स नेपालमा होस्टको रुपमा काम गरेकी थिइन् ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.