मिस इण्डिया–२०२२ को उपाधि सिनी सेट्टीलाई - Crazysaptahik.com

मिस इण्डिया–२०२२ को उपाधि सिनी सेट्टीलाई

कर्नाटककी सिनी सेट्टीले मिस इण्डिया–२०२२ को उपाधि जितेकी छन् । आइतबार बेलुका भएको ग्रान्ड फिनालेमा राजस्थानकी रुबल शेखावत फस्ट रनरअर र उत्तर प्रदेशकी सिनाता चौहान सेकेन्ड रनरअप घोषित भए । फिनालेमा कलाकार डिनो मोरिया, मलाइका अरोरा, नेहा धुपियासहित केही फेसन डिजाइनर निर्णायकको रुपमा थिए । देशभरबाट प्रतिस्पर्धीलाई मौका दिन भर्चुअलसहित भौतिक अडिसन गरिएको थियो ।

अन्तिम चरणमा ३१ जना प्रतिस्पर्धी भिडेका थिए । सबै जनालाई मुम्बईमा एक महिनासम्म यसबारे तालिम दिइएको थियो । पूर्व मिस इण्डिया युनिभर्स नेहा धुपियाले मिस इण्डियाले आफूमा पुराना विगतलाई ताजा गराउने बताइन् ।

‘अवश्य पनि कोरोना महामारीपछि भर्चुअल प्लेटफर्ममार्फत अडिसन गर्नु र अघि बढ्नु चुनौतीपूर्ण थियो,’ धुपियाले विज्ञप्तिमा भनेकी छन् । मनिष पौलले होस्ट गरेको फिनालेमा बलिउड कलाकार समेत सहभागी थिए ।

 

 

 

सम्बन्धित खवर