सलोन बस्नेत र टिकटकबाट चर्चित शिल्पा थापाको मुख्य भूमिका रहेको फिल्म ‘मिलन’ तिहारमा रिलिज हुने भएको छ । ६ महिनाअघि छायांकन सकिएको यो फिल्मको डबिङ पनि सकिएको छ । फिल्ममा सलोन र शिल्पासहित कुशल ठकुरी, शिशिर बाङ्देल, विशाल पहाडी, जानुका पौडेल लगायतको मुख्य भूमिका छ ।
त्रिकोणात्मक कथावस्तुमा आधारित फिल्मलाई टेक पौरखी राईले निर्देशन गरेका हुन् । राईले यसअघि फिल्म मट्टीमाला र माया पिरिम निर्देशन गरिसकेका छन् । ‘मिलन’मा पटकथा पनि उनैले लेखेका हुन् । शिल्पाको यो पहिलो फिल्म हो । उनी टिकटकमा समेत चर्चित छन् ।
उनलाई लाखभन्दा बढीले टिकटकमा फलो गरेका छन् । तीनवटा गीत समावेश फिल्ममा कविराज गहतराजको नृत्य निर्देशन छ । काठमाडौं र दोलखाको कालिञ्चोकमा छायांकन गरिएको यो फिल्मका निर्माता प्रवीण थापा हुन् । राहुल राईको छायांकन रहेको फिल्ममा तारा थापा किम्बेको सम्पादन छ ।