अटलबिहारी बाजपेयीको बायोपिकमा पंकज त्रिपाठी - Crazysaptahik.com

अटलबिहारी बाजपेयीको बायोपिकमा पंकज त्रिपाठी

बलिउडमा हरेक वर्ष कसै न कसैको बायोपिक बनिरहन्छ । केही दिनअघि भारतका पूर्वप्रधानमन्त्री अटलबिहारी बाजपेयीको बायोपिक बन्ने चर्चा चलेको थियो । यो फिल्म एनपीको पुस्तक ‘द अन्टोल्ड बाजपेयी एन्ड पेराडक्स’मा आधारित हुनेछ । यो फिल्ममा प्रमुख भूमिकामा अभिनेता पंकज त्रिपाठीले अभिनय गर्ने भएका छन् ।

फिल्म निकट स्रोतले पनि पंकज नै फिल्ममा प्रमुख भूमिकामा रहने पुष्टि गरेको छ । पंकजले हालैमात्र रिलिज फिल्म ‘शेरदिल’मा अभिनय गरेका थिए । यो फिल्मलाई विनोद भानुशाली, संदीप सिंह, सेम खान, कमलेश भानुशाली र विशाल गुरनानीले निर्माण गर्दैछन् । फिल्म सन् २०२३ को क्रिसमसमा रिलिज गर्ने योजनामा निर्माण पक्ष छ ।

सम्बन्धित खवर