‘कबड्डी ४’ले ४२ दिनमा कमायो २२ करोड ७३ लाख, ‘बाहुबली २’ भन्दा २६ लाख कम - Crazysaptahik.com

‘कबड्डी ४’ले ४२ दिनमा कमायो २२ करोड ७३ लाख, ‘बाहुबली २’ भन्दा २६ लाख कम

‘कबड्डी ४’ले ४२ दिनमा नेपाल बक्स अफिसमा २२ करोड ७३ लाख रुपैयाँ ग्रस कमाइ गरेको छ । यो कलेक्सन नेपालमा सबैभन्दा धेरै कमाइ गर्ने ‘बाहुबली २’को कुल आम्दानी भन्दा अझै साढे २६ लाख रुपैयाँले कम हो । तर कबड्डीको चौथो श्रृंखलाले सबैभन्दा धेरै कमाउने घरेलु फिल्मको कीर्तिमान चाहिं कायम गरेको छ ।

‘कबड्डी ४’ले छैटौं सातासम्म मोफसलबाट १० करोड ५ लाख ९७ हजार ४८० रुपैयाँ ग्रस र काठमाडौं उपत्यकाबाट १२ करोड ६७ लाख ५६ हजार ३६५ रुपैयाँ ग्रस कमाएको छ । फिल्मको यो कुल कमाइमा सातौं सप्ताहन्त अन्तर्गत शुक्रबार, शनिबार र आइतबारको कलेक्सन जोडिएको छैन । रामबाबु गुरुङ निर्देशित फिल्म अहिले पनि मुख्य मल्टिप्लेक्स चेनहरुमा प्रदर्शन भइरहेको छ ।

दयाहाङ राई, मिरुना मगर र सौगात मल्लको मुख्य भूमिका रहेको फिल्मले विदेशमा समेत उछाल कमाइ गरेको छ । भारतमा फिल्मले दुई दिनमा १ करोड ९२ लाख रुपैयाँ ग्रसको ओपनिङ गरेको थियो ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.