लक्ष्मी बर्देवा भन्छिन्– जीवनजीसँगै धेरै काम गर्नु निर्माताको रोजाइ - Crazysaptahik.com

लक्ष्मी बर्देवा भन्छिन्– जीवनजीसँगै धेरै काम गर्नु निर्माताको रोजाइ

कलाकार जोडी लक्ष्मी बर्देवा र जीवन भट्टराई दम्पती पनि हुन् । कलाकारिता हुँदै उनीहरुले वैवाहिक जीवनलाई पनि अघि बढाइरहेका छन् । अभिनयमा पनि यो जोडीको प्रशंसा हुने गरेको छ । तर पछिल्लो समय लक्ष्मीमाथि श्रीमान एवं अभिनेता जीवनबाहेक अन्य कलाकारसँग काम गर्न मान्दिनन् भन्ने आरोप पनि छ । कतिपय प्रशंसकले सामाजिक सञ्जालमा उनीमाथि यस्तो टिप्पणी पनि गरेका छन् ।

तर लक्ष्मीले यी आरोपहरुको खण्डन गरेकी छन् । अहिलेसम्म दुवैजना सँगै देखिनु पछाडि निर्माताको रोजाइ रहेको भन्दै उनले बचाउ गरेकी छन् । ‘मैले आजसम्म यस्तो मनस्थिति बोकेकी छैन । त्यो मेरो धर्म विपरीत हो भन्ने धारणा छ,’ लक्ष्मी भन्छिन्, ‘यी सब कुरा अफवाह हुन् ।’ उनी अगाडि भन्छिन्, ‘जीवन भट्टराई मेरो श्रीमान हुनु अगावै उहाँ एक कुशल कलाकार हो ।

मलाई उहासँग काम गर्नु र अरु पुरुष कलाकारसँग काम गर्नुमा कुनै भिन्नता छैन र जीवनजीलाई पनि अरुसँग काम गर्नु र मसँग काम गर्नुमा केही फरक छैन ।’ लक्ष्मीको यो टिप्पणीमा अभिनेत्री स्वस्तिमा खड्काले पनि सहमति जनाउँदै ‘घृणा गर्नेहरु गर्दै गर्छन् र आलुहरु आलु बन्दै गर्छन्,’ भनेर कमेन्ट गरेकी छन् । लक्ष्मी अभिनित ‘चपली हाइट ३’ हालै रिलिज भएको थियो । यसअघि उनले फिल्म डमरुको डण्डीबियो, कागजपत्र र घामपानीमा अभिनय गरेकी छन् ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.