मिस नेपाल प्रियंका ओएसीस एजुकेसनको व्यावसायिक दूत - Crazysaptahik.com

मिस नेपाल प्रियंका ओएसीस एजुकेसनको व्यावसायिक दूत

ओएसीस एजुकेसनले मिस नेपाल वर्ल्ड प्रियंकारानी जोशीलाई ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ । ओएसीसका सञ्चालक कुशल केसीले ब्रान्ड एम्बेसडरको रुपमा मिस नेपाल प्रियंका नियुक्त भएसँगै ओएसीसका साझेदार शिक्षण संस्थाहरुले गुणस्तरीय तर किफायती सेवा सुविधाबाट लाभ उठाउन सक्ने विश्वास व्यक्त गरे।

केसीले भने, ‘हामी प्रियंकालाई ओएसीसमा स्वागत गर्न उत्साहित छौं । उहाँको कौशलता र उदारताका गुण हाम्रो कार्यशैलीसँग मिल्ने हुनाले हाम्रो यस सोझेदारी निकै नै फलदायी हुनेछ ।’ मिस नेपाल प्रियंकाले विद्यार्थीहरुलाई उत्तम शैक्षिक परामर्श तथा भिसा प्रोसेसिङ गर्न सहयोग गर्दै आएको यस कम्पनीसँग आवद्ध हुन पाएकोमा आफू उत्साहित भएको बताइन् ।

ओएसीस र द हिडन ट्रेजरको लामो समयको सम्बन्ध रहेको छ । यसअघि यस संस्थाको ब्रान्ड एम्बेसडरका रुपमा मिस नेपाल वर्ल्ड श्रृँखला खतिवडा रहेकी थिइन् ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.