‘ए मेरो हजुर’ निर्माताको मुटुको शल्यक्रिया, छोरी सुहाना भन्छिन्– गेट वेल सुन, अँगाल्न अधैर्य छु - Crazysaptahik.com

‘ए मेरो हजुर’ निर्माताको मुटुको शल्यक्रिया, छोरी सुहाना भन्छिन्– गेट वेल सुन, अँगाल्न अधैर्य छु

फिल्म निर्माता सुनिलकुमार थापाको मुटुको ओपन हार्ट शल्यक्रिया सफल भएको छ । काठमाडौंको मनमोहन कार्डियोथेरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भगवान कोइराला नेतृत्वको चिकित्सक टोलीले शल्यक्रिया गरेको हो । अप्रेसन सफल भएपछि अभिनेत्री तथा थापा पुत्री सुहानाले फेसबुकमार्फत यसबारे जानकारी दिएकी छन् ।

शल्यक्रिया गर्नुअघिका तस्वीर सेयर गर्दै सुहाना लेख्छिन्, ‘मानव जीवन धेरै दुर्लभ र जटिल छ । समय अघोषित रुपमा आउँछ र अप्रत्यासित हुन्छ । त्यो अप्रत्यासित अवस्थामा कुञ्जी समात्ने प्रमुख व्यक्तिहरु हुन्छन् ।’ थापाको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनले अँगाल्न आफू अधैर्य रहेको उल्लेख गरेकी छन् ।

भगवान कृष्णकी उपासक समेत रहेकी सुहानाले यसका लागि कृष्णलाई धन्यवाद समेत दिएकी छन् । सानैदेखि मुटुमा प्वाल परेको भए पनि अहिले आएर मात्र सुनिलले शल्यक्रिया गरेको जनाइएको छ । अहिले सुनिललाई सघन उपचार कक्षमा राखिएको र स्वास्थ्यलाभ भइरहेको जनाइएको छ । थापाले निर्माण गरेको फिल्म ‘ए मेरो हजुर ४’ यस वर्षको वैशाख १ गतेदेखि प्रदर्शनमा आएको थियो ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.