पारिश्रमिकको सुनिश्चितता नभएसम्म ‘प्रसाद २’ गर्दिनँ : विपिन - Crazysaptahik.com

पारिश्रमिकको सुनिश्चितता नभएसम्म ‘प्रसाद २’ गर्दिनँ : विपिन

फिल्म ‘प्रसाद २’ को छायाङ्कन रोकिएको छ । बुधबारबाट सुरु हुने तयारीमा रहेको फिल्मको छायाङ्कन सुरु नै नभई रोकिएको छ । कास्कीको ल्वाङ गाउँ पुगेको फिल्म अभिनेता विपिन कार्की र अभिनेत्री नम्रता श्रेष्ठ छायाङ्कन स्थलबाट हिँडेपछि रोकिएको हो । विपिन आमालाई भेट्न र नम्रता साथीको विवाहका लागि काठमाडौँ हिँडेका कारण फिल्मको छायाङ्कन रोकिएको निर्माण युनिटले जनाएको छ ।

तर अभिनेता विपिनले भने निर्माण युनिटको कुरो खण्डन गरेका छन् । उनले निर्माण कम्पनी सुवास थापा प्रोडक्सनसँग पारिश्रमिकको सुनिश्चितता र स्क्रिप्टमा भएका कतिपय कुरा चित्त नबुझ्दा फिल्म सेटबाट निस्किएको बताए । आफू अहिले पनि कास्कीमै रहेको बताएका विपिनले पारिश्रमिकको सुनिश्चितता नभएसम्म फिल्म नगर्ने सुनाए ।

फिल्मको काम गर्ने भनेको धेरै भयो । कहिले निर्माता र कहिले निर्देशक परिवर्तन भइरहन्छ’ कार्कीले भने ‘ हामीलाई पनि निर्माण कम्पनी सुभास थापा प्रोडक्सनले पैसा दिन्छ भन्ने विश्वास नै छैन ।’फिल्मका लागि भनेर समय दिन १७ दिन खेरा गएको बताएका बिपिनले अव ४५ दिन दिँदा पछिका प्रोजेक्टलाई असर पर्ने भएकोले काम नगर्ने निर्णय गरेको बताए ।

‘अब सुवास थापा प्रोडक्सन कम्पनी नै हुँदा काम गर्दिन होला’ विपिनले थपे, ‘मैले समय हेरेर सम्झौता गरेको हुन्छु । एउटा समय बिग्रियो भने सबैलाई असर पर्छ ।’आफूले दिएको निर्धारित समय खेरा गएको र पारिश्रमिक पनि दिन्छन् भन्ने ग्यारेन्टी नभएकोले पनि फिल्म नगर्ने निर्णयमा आफू पुगेको विपिनले सुनाए । ‘प्रसाद २’ सुदर्शन थापाको निर्देशनमा बन्न लागेको फिल्म हो ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.