पाटन संग्रहालयमा सुजन चापागाईंको एकल लाइभ प्रस्तुति हुने - Crazysaptahik.com

पाटन संग्रहालयमा सुजन चापागाईंको एकल लाइभ प्रस्तुति हुने

गायक सुजन चापागाईंको एकल लाइभ प्रस्तुति हुने भएको छ । आर्टमाण्डुको आयोजना तथा पीआरभी इन्टरटेनटमेन्टको सहकार्यमा आगामी शनिबार ललितपुरको पाटन संग्रहालयमा सुजनले एकल सांगीतिक प्रस्तुति दिने भएका हुन् । तीनपाते, बाफ, घुमीघुमी जस्ता गीतबाट लोकप्रिय भएका सुजनको यो पहिलो लाइभ कार्यक्रम हो । शनिबार साँझ ६ बजेदेखि ८ बजेसम्म सुजनको लाइभ प्रस्तुति हुने जनाइएको छ ।

कार्यक्रममा सुजनले आफ्ना चर्चित गीतसँगै झलकमान गन्धर्वको दुई गीत समेत गाउनेछन् । सुजनलाई गायनमा गायिका शान्तिश्री परियार र विद्या तिवारीले साथ दिनेछन् । कोरोना महामारीका कारण करिब दुई वर्ष नेपालमा लाइभ म्युजिक कार्यक्रम प्रभावित भएका थिए । ‘अब त्यो माहोललाई पुनर्जागृत गर्न र गुणस्तरीय सांगीतिक शोको सुरुवात गर्न कार्यक्रम आयोजना गरेका हौं,’ आयोजक तथा निर्देशक नवीन चौहानले भने ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.