कृति सेननसँग तुलना भएपछि सृष्टि श्रेष्ठको जवाफ : तुलना भइहाल्यो भने पनि खुसी नै हुनेछु ! - Crazysaptahik.com

कृति सेननसँग तुलना भएपछि सृष्टि श्रेष्ठको जवाफ : तुलना भइहाल्यो भने पनि खुसी नै हुनेछु !

रिलिजको तयारीमा रहेको ‘माइकल अधिकारी’लाई कतिपयले भारतीय फिल्म ‘मिमी’सँग दाँजेर तुलना गरिरहेका छन् । यी दुवैबीच कथावस्तुमा समानता पनि छ । दुवैले पैसाको लागि मातृत्व बेच्ने अर्थात् सरोगेसी ‘इस्यु’मा आधारित रहेर कथा पेश गरिरहेका छन् । यसैसाता फिल्म माइकल अधिकारीको ट्रेलर सार्वजनिक समारोहमा पनि मेकरले यिनै प्रश्नको सामना गर्नुप¥यो ।

अभिनेत्री सृष्टि श्रेष्ठलाई त ‘मिमी’ अभिनेत्री कृति सेननबारेको प्रश्न पनि तेर्सियो । जवाफमा सृष्टिले आफूलाई कृति मनपर्ने एक्ट्रेस भएको, आफूले तयारीको क्रममा मिमी फिल्म पनि हेरेको र सो फिल्म मन परेको बताइन् । कृतिबारे सोधिएको जिज्ञासामा सृष्टिको जवाफ थियो, ‘कृति मलाई पनि मनपर्ने अभिनेत्री हुन् ।

मिमी रिलिज हुँदा निकै खुसी भएकी थिएँ । हुन त म कसैसँग पनि मेरो तुलना नहोस् भन्ने चाहन्छु । म आफ्नै काममा खुसी हुने मान्छे हुँ । कृतिसँग तुलना भइहाल्यो भने खुसी हुनेछु ।’ सावधान इण्डिया र क्राइम प्याट्रल फेम्ड निर्देशक रञ्जित रौनियार निर्देशित फिल्म माइकल अधिकारी भदौ ३ गतेदेखि प्रदर्शन हुँदैछ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.