कोरोना महामारीको असरमाथिको फिल्म ‘डेसान’ मंसिर २३ मा - Crazysaptahik.com

कोरोना महामारीको असरमाथिको फिल्म ‘डेसान’ मंसिर २३ मा

कमल एक्चे मगरको निर्देशनमा बनेको फिल्म ‘डेसान’ले सोमबार पोस्टरसहित रिलिज मिति घोषणा गरेको छ । कोरोना महामारीले गाउँलाई पारेको असरका सामाजिक आयाम चित्रण गरिएको फिल्म मंसिर २३ गते रिलिज हुने भएको छ । कोरोनाको चौथो लहर सुरु भएको र जोखिम अझै नटरेको बेला फिल्मको सन्देश सान्दर्भिक हुने निर्देशक मगरले बताए ।

सार्वजनिक दुई पोस्टरमध्ये एउटामा डेब्यु अभिनेत्री पूनम थापा र डेब्यु अभिनेता निशान चौहान रोमान्टिक लुक्स देख्न सकिन्छ । अर्को पोस्टरमा निशान र पूनमका साथमा नम्रता सापकोटा र भोला सापकोटालाई गम्भीर भावमा प्रस्तुत गरिएको छ । पर्फमिङ आर्ट क्रिएसनको ब्यानरमा कविता आले, आरुषजंग सारु, मलिका बस्नेत, प्रमिशा सारुको पनि अभिनय छ ।

चक्रबहादुर महर्जनले खिचेको फिल्मको गीत राजु थापाले लेखेका हुन् भने हरि लम्सालको संगीत अनि प्रताप दास र प्रविशा अधिकारीको स्वर छ । राज थापा काउचाको कथा रहेको फिल्मको स्क्रिप्ट निर्देशक कमल स्वयंले लेखेका हुन् । कृशाला मगर कार्यकारी निर्माता रहेको फिल्म नेपालभन्दा पहिला विभिन्न देशमा प्रदर्शन हुने तयारीमा छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.