सामाजिक सञ्जालमा ट्रोल बनेपछि फिल्म खेल्ने योजनाबाट पछि हटे वनमन्त्री यादव ! - Crazysaptahik.com

सामाजिक सञ्जालमा ट्रोल बनेपछि फिल्म खेल्ने योजनाबाट पछि हटे वनमन्त्री यादव !

मुस्कान खातुनको जीवनमाथि बन्न लागेको फिल्ममा अभिनय गर्ने खबर बाहिरिएपछि वन तथा वातावरणमन्त्री प्रदीप यादवले यसबारे टिप्पणी गरेका छन् । उनले कार्यव्यस्ततालाई कारण जनाउँदै फिल्ममा अभिनय नगर्ने संकेत समेत गरेका छन् । उनले फिल्ममा अभिनय गर्ने समाचार  भएपछि उनी सामाजिक सञ्जालमा ट्रोल समेत भएका थिए ।

दर्शकले उनीविरुद्ध मिश्रित प्रतिक्रिया पनि दिएका थिए । यसैसाता मन्त्रालयमा अभिनेता तथा निर्देशक रमित ढुंगानासँग भएको भेटमा मन्त्री यादवले फिल्म छायांकनको लागि तीन दिन समय छुट्याउने जनाएका थिए । फिल्म सुटिङकै लागि अमेरिकादेखि आएका ढुंगानाले मन्त्रीलाई लिएर फिल्म बनाउने समेत बताएका थिए ।

तर सामाजिक सञ्जालमा चर्को आलोचनापछि मन्त्री यादव फिल्ममा अभिनय गर्ने सोचबाट पछि हटेका छन् । ‘देश, जनताको विकास र वन तथा वातावरण मन्त्रीको नाताले वनजंगल र वन्यजन्तुको संरक्षण एवं सम्वद्र्धनको लागि गर्नुपर्ने काम धेरै भएकाले कार्यव्यस्तताका कारण फिल्मको छायांकनका लागि समय नमिल्ने स्पष्ट पार्न चाहन्छु,’ उनले लेखेका छन् ।

एसिड ‘सर्भाइभर’ किशोरी मुस्कान खातुनले समेत अभिनय गर्ने फिल्मको छायांकन यसै महिनादेखि सुरु हुने तयारीमा छ । फिल्ममार्फत रमितले निर्देशनमा डेब्यु समेत गर्दैछन् ।

 

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.