पपस्टार बियोन्सेको नयाँ गीतले विश्व संगीतमा तरंग, विवादित भएपछि हटाउने निर्णय - Crazysaptahik.com

पपस्टार बियोन्सेको नयाँ गीतले विश्व संगीतमा तरंग, विवादित भएपछि हटाउने निर्णय

गायिका बियोन्सेको सातौं स्टुडियो एल्बम ‘रेनासाँ’ गत साता रिलिज त भयो तर सो गीतले धेरै श्रोतालाई सामाजिक सञ्जालमा आक्रोशित पनि तुल्यायो । गीतमा एउटा शब्द प्रयोग गरिएको छ, स्पाज । जसमा बियोन्से गाउँछिन्, ‘स्पाजिङ अन द्याट एस, स्पाज अन द्याट एस ।’ चिकित्सा क्षेत्रमा स्पास्टिकले असक्षमतालाई जनाउँछ जसले मानिसलाई आफ्ना मांसपेशी, विशेषगरी हात र खुट्टामा नियन्त्रण गर्न गाह्रो बनाउँछ ।

भेराइटी म्यागजिनका अनुसार अब गीतबाट सो शब्द हटाइने भएको छ । बियोन्सेको समूहबाट जारी विज्ञप्तिमा नियोजित ढंगबाट प्रयोग नगरिएको उक्त शब्दलाई हटाइने कुरा उल्लेख छ । गीतलाई सामाजिक संजालमा आपत्तिजनक भनेर गाली गरिएको थियो । गार्जियनमा प्रकाशित एक निबन्धमा पनि हन्ना डेभिने लेख्छिन्, ‘बियोन्सेको संगीत र दृश्यात्मक रुपमा कथा सुनाउने प्रतिबद्धता अतुलनीय छ ।

संसारलाई ध्यान दिने उनको शक्ति हो । कथा, संघर्ष र एक अश्वेत महिला हुनुको सूक्ष्म जीवनको अनुभवलाई‘तर, उनको यो शब्द प्रयोगले क्षमा दिंदैन ।’ केही समयअघि अर्का गायक लिज्जोले पनि आफ्नो गीत ‘ग्रल्स’मा त्यस्तै विवादित शब्द प्रयोग गरेका थिए । त्यसमा पनि विवाद भएपछि उनले शब्द हटाए । त्यसलाई नै पछ्याउँदै बियोन्सले यस्तो निर्णय गरेकी हुन् ।

सम्बन्धित खवर