आईसी डिजाइनर रनवे ११ फेसन शो भदौ ४ मा काठमाडौंमा हुने - Crazysaptahik.com

आईसी डिजाइनर रनवे ११ फेसन शो भदौ ४ मा काठमाडौंमा हुने

आईसी डिजाइनर रनवे ११ फेसन शो भदौ ४ गते काठमाडौंको होटल याक एण्ड यतिमा हुने भएको छ । भारतका ६ अन्तर्राष्ट्रिय मोडलसहित ३० मोडलले शोमा ¥याम्प नाप्नेछन् । आईसी कलेजको आयोजनामा हुने फेसन शोको म्यानेजमेन्ट नेक्स्ट मोडल्स नेपालले गर्नेछ । नेक्स्ट मोडल्स नेपालले शोका लागि अडिसनबाट २४ जना मोडल छनोट गरेको हो ।

फेसन शोमा ६१ जना फेसन डिजाइनरले तयार पारेका डिजाइन प्रस्तुत गरिने जनाइएको छ । लामो समयदेखि नियमित रुपमा आयोजना भइरहेको फेसन शो यस वर्ष विगतभन्दा भव्य र उत्कृष्ट बनाउने तयारीमा भइरहेको नेक्स्ट मोडल्स नेपालका सीईओ रवि धमलाले बताए ।

शोको उद्देश्य नेपाली फेसनका आकर्षक डिजाइन अन्तर्राष्ट्रिय स्तरमा पयाउनु रहेको आयोजक आईसी कलेजकी प्रबन्ध निर्देशक शैलजा अधिकारीले बताइन् । फेसन शोको लागि अन्तर्राष्ट्रिय कोरियोग्राफर अभिमन्यू सिंह तोमर पनि नेपाल आउने आयोजकले जनाएको छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.