प्रेमीलाई माया गर्ने एक तरिका ‘हर्ट’ गर्नु पनि हो – बेनिशा - Crazysaptahik.com

प्रेमीलाई माया गर्ने एक तरिका ‘हर्ट’ गर्नु पनि हो – बेनिशा

अभिनेत्री बेनिशा हमालले प्रेमीलाई माया गर्ने एक तरिका ‘हर्ट’ गर्नु पनि रहेको बताएकी छन् । फिल्म ‘प्रेमगञ्ज’ आयोजना गरेको फिल्म युनिट र रंग पत्रकार पत्रकारबीच आयोजना गरेको फुटसल तथा अन्तक्र्रिया कार्यक्रममा बोल्दै हमालले शो अभिव्यक्ति दिएकी हुन् । हमालले फिल्ममा ‘प्रेमगञ्ज’ आफूले समर्पित प्रेमीको भूमिका निर्वाह गरेको सुनाइन् ।

‘माया गर्ने मान्छेलाई जे मन पर्दैन त्यही गर्नु पनि माया हो । म फिल्म भित्रको चरित्रलाई माया गर्छु तर उसले माया नगरोस् भन्ने चाहान्छु । यही कारण उसलाई जे जे मन पर्दैन त्यही त्यही गर्छु । एकदमै रोचक भूमिका छ मेरो ‘बेनिशाले थपिन् । केही दिन अगाडि सार्वजनिक फिल्मको ट्रेलरमा बेनिशाले अभिनेता तेज गिरीलाई दुःख दिएका दृश्यले देख्न सकिन्छ । बेनिशाले भने दृश्यको पछाडी प्रेम लुकेको बताइन् ।

कार्यक्रममा निर्देशक परिच्छेद सेनले फिल्मले प्रेमका आयामलाई फरक उमेर समूह अनुसार देखाउन खोजेको बताए । ‘मसँग भन्नलाई धेरै कथा थिए । तर यही कथा छान्नुको कारण चाहिँ बजारको पनि लोभ हो,’ उनले भने ‘कुनैपनि कथाको फिल्मले अपेक्षित व्यापार नगरिरहेकोले हामीले सदाबहार कथा प्रेमकथामा फिल्म बनाएका हौँ ।’ अभिनेता तेज गिरीले फिल्मले सबैलाई विगतमा फर्काउने बताए । ‘हामी खुसी हुँदा होस् वा दुःखी एकचोटि विगतमा फर्कन्छौँ नै ।

यो फिल्मले पनि हाम्रो प्रेम अनुभवलाई सम्झाउँदै विगतमा लैजान्छ’, अभिनेता गिरीले भने, ‘एउटा रोमान्टिक फिल्म बनाउने राम्रो प्रयास हो ‘प्रेमगञ्ज’ ।’ अनन्तमान श्रेष्ठ कार्यकारी निर्माता रहेको फिल्म ३ भदौबाट प्रदर्शनमा आउँदैछ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.