बलिउड अभिनेता हर्षवर्धनलाई अँगालो हाल्दै रोए युवती - Crazysaptahik.com

बलिउड अभिनेता हर्षवर्धनलाई अँगालो हाल्दै रोए युवती

केही दिनदेखि नेपालमा रहेका भारतीय अभिनेता हर्षवर्धन राणेको क्रेज नेपालमा पनि राम्रो देखिएको छ । एक विवाह समारोहमा सहभागी हुन केही दिन अगाडि नेपाल आएका उनी विवाहको रिसेप्सनमा पार्टीमा नेपाली गति ‘साइँली रे साइँली रे’ मा समेत नाचेका छन् । नेपाल भ्रमणको क्रममा बसन्तपुर अवलोकन गरेर नेवारी परिकारको स्वाद लिएका उनले सोमवार लाजिम्पाटको तिर्सला रेस्टुरेन्ट पनि पुगेका थिए ।

रेस्टुरेन्टमा उनलाई हेर्न युवतीहरूको भिड नै लागेको थियो । तिर्सला रेस्टुरेन्टको कार्यक्रमको एक भिडियो उनले सामाजिक संजालमा पनि राखेका छन् । भिडियोमा उनी युवतीबाट घेरिएको देख्न सकिन्छ । भिडियोमा कतिपय युवतीले उनीसँग अटोग्राफ र फोटो लिएको देख्न सकिन्छ भने कतिपय उनलाई दैख्ने बितिक्कै रोएका छन् ।

उनलाई भिडियोमा एक युवती उनलाई अंकमाल गर्दै रोएको पनि देख्न सकिन्छ । उनले आफ्ना नेपाली फ्यानहरुसँग सेल्फी खिच्दै अगाध प्रेम समेत दर्साएका छन् ।सन् २०१६ मा आएको फिल्म ‘सनम तेरी कसम’ बाट भारतसँगै नेपालमा पनि ठूलो क्रेज बनाएका उनी अभिनित फिल्म ‘सनम तेरी कसम’ अहिले नेपालको यूट्युब ट्रेन्डिङका पनि छ ।

हर्षवर्धन तेलुगु र हिन्दी फिल्मका अभिनेता हुन् । तेलुगुमा उनलाई फिल्म ‘थकिता थकिता’, ‘प्रेमा इश्क काधल’, ‘अनामिकिका’ का कारणले चिन्ने गरिन्छ । उनी छिट्टै फिल्म ‘हर्सी दिलरुब्बा’ मा देखिदैछन् ।

सम्बन्धित खवर