फ्लोरमा ‘स्टुडेन्ट’ - Crazysaptahik.com

फ्लोरमा ‘स्टुडेन्ट’

घोषणा भएको करिब दुई वर्षपछि फिल्म ‘स्टुडेन्ट’ छायाङ्कनमा निस्किएको छ । राजेश महर्जनको निर्माण रहेको फिल्मका निर्देशक रामकृष्ण बजगाईं हुन् । दुई दचकअघि निकै नै चर्चामा रहेको ‘बाँझो खेतमा छड्के सलाम’ बोलको गीत समेत फिल्ममा राखिएको छ । यहि गीतबाट फिल्मको छायाङ्कन सुरुवात गरिएको हो ।

गीत ‘बाँंझो खेतमा छड्के सलाम’ लाई रिमेक गरेर फिल्ममा आवद्ध गरिएको हो । शम्भुजित बास्कोटाकै संगीत, प्रेम राजा महत र कोमल वलीकै स्वर रहेको छ । फिल्ममा बास्कोटासँंगै हरिश माथेमाको संगीत, कमल राईको नृत्य, मदन घिमिरे कश्यपको छायाङ्कन र बनिष शाहको सम्पादन छ । विद्यार्थी जीवनमा के–कस्ता घटनाहरु घटछन्, के–कस्तो परिस्थितिको सामना गर्नुपर्छ र उसका अभिभावक र कलेज क्याम्पस र शिक्षकहरुको व्यवहारले एउटा विद्यार्थी जीवनले कस्तो मोड लिन्छ भन्ने फिल्मले देखाउनेछ ।

राज सिने आर्ट्सको ब्यानरमा निर्माण हुने फिल्ममा जान राना, शहन महत, रोहन श्रेष्ठ, प्राप्ति थापा, सोफी कार्की, रुक्साना श्रेष्ठ, अर्शु महर्जन, सिम्रन शाक्य लगायत छन भने वरिष्ठ अभिनेता निर शाह, वरिष्ठ अभिनेता रविन्द्र खड्का, वरिष्ठ अभिनेता धिरेन शाक्य, रामेश्वर बुर्लाकोटी, गीता अधिकारी, बिन्दा खतिवडा, सिरु विष्ट, कोपिला थापा लगायतको अभिनय रहनेछ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.