यस्तो छ ‘छड्के २’मा अनमोलको लुक्स, भदौदेखि छायांकन सुरु हुने - Crazysaptahik.com

यस्तो छ ‘छड्के २’मा अनमोलको लुक्स, भदौदेखि छायांकन सुरु हुने

फिल्म छायांकनअघि नै अभिनेता अनमोल केसीको ‘छड्के २’ लुक्स सार्वजनिक भएको छ । यो ग्याङस्टर फिल्मको अहिले भरतपुरमा कार्यशाला चलिरहेको छ । जारी तस्बिरहरुमा अनमोल कार्यशालामा अभिनय सिकिरहेको देख्न सकिन्छ । हल्का लामो खैरो कपाल र टोन बडीसहित अनमोल ह्यान्डसम देखिएका छन् । तस्बिरमा निर्देशक निगम श्रेष्ठलाई पनि देख्न सकिन्छ ।

निगम श्रेष्ठको पटकथा र निर्देशन रहने फिल्ममा अनमोलसहित रबिन तामाङ र कमलमणी नेपाल फाइनल छन् । अनमोलले कार्यशालामा आफ्नो भिन्न चरित्रका लागि मिहेनत गरिरहेको निर्देशक श्रेष्ठले बताए । ‘हामीले सोचेकोभन्दा बढी मिहेनत अनमोलले आफ्नो चरित्र चित्रणमा प्रस्तुत गरिरहेका छन्’ निगमले भने ।

निर्माता प्रशान्त गिरीले भदौ १ गतेदेखि फिल्म सुटिङको तयारी भएको बताए । मनाङ र चितवनमा ६० दिन फिल्म छायांकन गर्ने तालिका छ । ब्रान्ड भ्यालुलाई खस्कन नदिन कुनै सम्झौता नगरिने प्रशान्तले बताए । बाँकी कलाकारलाई चाँडै सार्वजनिक गर्ने समेत उनले जनाए । फिल्मलाई प्रशान्त र लक्ष्मण काफ्लेले मिलेर निर्माण गरेका हुन् ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.