फिल्म ‘माइकल अधिकारी’को ‘छुकछुक रेलगाडी’ गीत सार्वजनिक - Crazysaptahik.com

फिल्म ‘माइकल अधिकारी’को ‘छुकछुक रेलगाडी’ गीत सार्वजनिक

फिल्म ‘माइकल अधिकारी’को नयाँ गीत ‘छुकछुक रेलगाडी’ सार्वजनिक भएको छ । भदौ ३ गते प्रदर्शनको तयारीमा रहेको फिल्मको यो गीतमा रेवन सिंहको संगीत रहेको छ । प्रताप दास र अस्मिता अधिकारीको स्वर समावेश गीतलाई शैलेश कँडेलले लेखेका हुन् । फिल्मका मुख्य कलाकार सौगात मल्ल र सृष्टि श्रेष्ठ गीतमा फिचर्ड छन् ।

कमल राईको नृत्य निर्देशन रहेको गीतलाई इलामसहित पूर्वी नेपाली क्षेत्रमा छायांकन गरिएको हो । पैसाका लागि मातृत्व सुम्पने सरोगेसी कथावस्तुमा आधारित फिल्मलाई रञ्जित रौनियारले निर्देशन गरेका हुन् । गोपीकृष्ण मुभिजको ब्यानरमा नीरक पौडेलले निर्माण गरेको फिल्ममा आशान्त शर्मा, लुनिभा तुलाधर, एनी कुँवर, हेमन्त बुढाथोकी लगायतको अभिनय छ ।

 

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.