टुबोर्ग ओपन कन्सर्टमा जेसन डेरुलासँगै गायक भेकले पनि प्रस्तुति दिने - Crazysaptahik.com

टुबोर्ग ओपन कन्सर्टमा जेसन डेरुलासँगै गायक भेकले पनि प्रस्तुति दिने

बियर ब्रान्ड टुबोर्गले आयोजना गर्ने यस वर्षको टुबोर्ग ओपन अभियानमा चर्चित अमेरिकी गायक जेसन डेरुलासँगै नेपाली गायक भेकले पनि प्रस्तुति दिने भएका छन् ।पाँच वर्षदेखि टुबोर्गले आयोजना गर्दै आएको टुबोर्ग ओपन कन्सर्टमा थुप्रै राष्ट्रिय तथा केही विदेशी कलाकारहरुले सांगीतिक प्रस्तुति दिइसकेका छन् ।

‘टेक द स्टेज’ भन्ने थिममा हुन लागेको कार्यक्रममा युवापुस्तामाझ रुचाइएका उदयीमान गायक भेकले आफ्ना लोकप्रिय गीतहरु प्रस्तुत गर्नेछन् । भेकका एक्लै जिउन सिकें, मायालु, लै बरि लै जस्ता गीत चर्चित छन् ।

गत महिना जेसन डेरुलासँग अमेरिकाको लस एन्जलसमा टुबोर्ग ओपेन–२०२२ को इमर्जिङ कलाकार भेकले मेन्टरसिप प्राप्त गरी नेपाल फर्किसकेका छन् । गोर्खा ब्रुअरीका मार्केटिङ डाइरेक्टर आशिष बिष्टले संगीतको माध्यमबाट देश र विदेशमा रहेका कलाकारलाई टुबोर्गले जोड्ने प्रयास गरिरहेको बताए ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.