
भारतीय स्ट्यान्डअप कमेडियन मुनव्वर फारुकीको राजधानी दिल्लीमा सोमबार हुने भनिएको शो स्थगित भएको छ । कार्यक्रममा प्रस्तुति दिनका लागि मुनव्वरले गरेको आग्रह दिल्ली प्रहरीले अस्वीकार गरेपछि उनको शो रोकिएको हो । मुनव्वरले दिल्लीको सिभिक सेन्टरस्थित केदारनाथ स्टेडियम कार्यक्रम गर्ने खबर सार्वजनिक भएपछि विश्व हिन्दू परिषद्ले रोक्न माग गर्दै प्रहरीलाई पत्र लेखेको थियो ।
मुनव्वरको प्रस्तुति नरोके परिषद् र बजरंग दलका सदस्यहरुले विरोध प्रदर्शन गर्ने चेतावनी दिइएको थियो । विश्व हिन्दू परिषद्ले मुनव्वरले हिन्दू देवीदेवताको मजाक उडाउँदै आएको आरोप लगाउँदै कार्यक्रम गर्न दिए साम्प्रदायिक तनाव भड्किने दाबी गरेको छ । कमेडियन मुनव्वरमाथि हिन्दू अतिवादी संघसंस्थाले निशाना साध्दै आएका छन् ।

