नेवार समुदायमाथि आघात पुयाएको आरोपमा कमेडियन अपूर्व क्षितिज सिंह पक्राउ - Crazysaptahik.com

नेवार समुदायमाथि आघात पुयाएको आरोपमा कमेडियन अपूर्व क्षितिज सिंह पक्राउ

नेवार समुदायको आस्था र रहनसहनमाथि आघात पुयाएको आरोपमा कमेडियन अपूर्व क्षितिज सिंहलाई प्रहरीले पक्राउ गरेको छ । नेवाः अभियन्ता सुमन सायमीसहितका केही अभियन्ताले दिएको उजुरीको आधारमा उनी पक्राउ परेका हुन् । जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी दिनेश मैनालीले सिंहलाई आइतबार बिहान पक्राउ गरिएको पुष्टि गरे ।

सिंहले केही दिनअघि युट्युबमा पोस्ट गरेको कमेडी क्याफे नामक स्ट्यान्ड अप कमेडी विवादमा तानिएको थियो । यद्यपि, उक्त भिडियोलाई अहिले युट्युबबाट हटाइएको छ भने उनले माफी पनि मागिसकेका छन् । एसपी मैनालीले सिंहलाई पक्राउ गरेर अनुसन्धान थालिएको बताए ।

फेसबुकमा स्टाटस लेख्दै सिंहले स्ट्यान्ड अप कमेडी गरेबापत फेसबुकमार्फत ज्यान मार्ने धम्की पाएको उल्लेख गर्दै कलाकारको रुपमा मानवीय त्रुटि हुन सक्ने भन्दै माफी समेत मागेका छन् ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.