अधिश र आलियाले जिते ‘द कलेज एम्बेसडर २०२२’को उपाधि - Crazysaptahik.com

अधिश र आलियाले जिते ‘द कलेज एम्बेसडर २०२२’को उपाधि

‘द कलेज एम्बेसडर २०२२’ को उपाधि अधिश वैद्य र आलिया खानले जितेका छन् । हेराल्ड कलेजका वैद्यले पुरुष तथा द टाइम्स इन्टरनेशनल कलेजकी खानले महिला तर्फको उपाधि चुमेका हुन् । शुक्रबार साँझ रसियन कल्चर सेन्टर कमलपोखरीमा आयोजित प्रतियोगितामा किष्ट कलेजकी सरिना महाराजन र काठमाडौं स्कुल अफ सेन्ट्रल स्टेटका नरेश सुनाम फस्ट रनरअप घोषित भए भने गोल्डेन गेटकी मनिषा प्रधान र किष्ट कलेजका निरञ्जन पोखरेल सेकेन्ड रनरअप चुनिए ।

विजेताले ट्रफीका साथै विभिन्न पुरस्कार र अवसर प्राप्त गरे । कार्यक्रम व्यवस्थापन, फिल्म निर्माण लगायत कार्यमा एक दशक बढी समयदेखि क्रियाशील ग्रीन आर्ट्स मिडियाले नेपालको इतिहासमा सन् २००७ देखि सुरु गरेको ‘द कलेज एम्बेसेडर’ को यो ११ औं संस्करण हो । महेन्द्रप्रसाद जोशी, रोहिया महर्जन, दिवास योञ्जन, स्वप्निल सिंह निर्णायक रहेको प्रतियोगिताको फाइनलमा ८ महिला र ८ पुरुष पुगेका थिए ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.