रणवीर–आलियाको ‘ब्रह्मास्त्र’अघि हलमा ‘विक्रम वेधा’को ट्रेलर देखाइने - Crazysaptahik.com

रणवीर–आलियाको ‘ब्रह्मास्त्र’अघि हलमा ‘विक्रम वेधा’को ट्रेलर देखाइने

शमशेरा, रक्षाबन्धन, लाल सिंह चड्ढा जस्ता फिल्म लगातार फ्लप भएपछि बलिउडमा अब सबैको नजर सेप्टेम्बर महिनामा रिलिज हुने दुई फिल्म ब्रह्मास्त्र र विक्रम वेधामाथि छ । अहिलेसम्मकै महंगो फिल्म भनिएको रणवीर कपुर र आलिया भट्ट स्टारर ‘ब्रह्मास्त्र’ आगामी शुक्रबार रिलिज हुँदैछ । फिल्मलाई लिएर दर्शकहरुमा उत्सुकता छ, कारण यसको अग्रिम टिकट बिक्री निकै आक्रामक देखिएको छ ।

यसैबीच, ऋतिक रोशन र सैफअलि खान स्टारर ‘विक्रम वेधा’को ट्रेलर बिहीबार रिलिज हुँदैछ । अर्को रोचक कुरा, ‘ब्रह्मास्त्र’ हेर्ने दर्शकले पनि यसको ट्रेलरलाई हलमा हेर्न पाउने भएका छन् । ‘ब्रह्मास्त्र’ सुरु हुनुअघि ‘विक्रम वेधा’को ट्रेलर हलमा देखाइने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

विश्वभरका आठ हजार हलमा रिलिज हुन लागेको ‘ब्रह्मास्त्र’को समयमा आफ्नो फिल्मको ट्रेलर देखाउँदा धेरै दर्शकमाझ पुग्न सकिने भएपछि ‘विक्रम वेधा’का निर्माताले यो मौकालाई सदुपयोग गरेका हुन्। सेप्टेम्बर ३० मा रिलिज हुने तयारीमा रहेको ‘विक्रम वेधा’लाई पुष्कर गायत्रीले निर्देशन गरेका हुन् ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.