स्वास्थ्यलाई कारण देखाउँदै जस्टिन बिबरले पुनः स्थगित गरे वर्ल्ड टुर - Crazysaptahik.com

स्वास्थ्यलाई कारण देखाउँदै जस्टिन बिबरले पुनः स्थगित गरे वर्ल्ड टुर

स्वास्थ्यको कारण देखाउँदै हलिउड गायक जस्टिन बिबरले आफ्नो चर्चित ‘जस्टिस वर्ल्ड टुर’लाई पुनः स्थगित गरेका छन् ।गत जुनमा अनुहार पक्षघात पार्ने भाइरस रामसे सिन्ड्रोमको संक्रमण पुष्टि भएपछि उनले यसअघि पनि सांगीतिक टुर रोकेका थिए । तर स्वास्थ्यमा सुधार आएसँगै उनले पुनः टुर गरेका थिए । तर ब्राजिलमा गत साता कन्सर्ट गरेपछि बिबरले आफ्नो प्राथमिकता स्वास्थ्य भएको बताएका थिए ।

बुधबार मात्रै सामाजिक सञ्जालमा एक नोट सेयर गर्दै बिबरले फ्यानलाई खराब स्वास्थ्यको कारण आफ्नो कन्सर्ट पुनः रोक्नुपरेको बताएका छन् । साथै, उनले आफ्नो स्वास्थ्यलाभको कामना गर्ने फ्यानहरुलाई धन्यवाद दिएका छन् । लगातार ६ वटा लाइभ शो गर्दा आफ्नो स्वास्थ्यमा असर पुगेको उनले इन्स्टाग्राम नोटमा उल्लेख गरेका छन् ।

‘पछिल्लो साता मैले ब्राजिलका जनतालाई मनोरञ्जन गराउन कुनै कसर बाँकी राखिनँ । मैले रियोमा रक पर्फमेन्स पनि गरें । त्यसपछि मलाई धेरै थकान महसुस भयो । त्यसबेला मलाई लाग्यो कि यसबेला मैले आफ्नो स्वास्थ्यलाई प्राथमिकतामा राख्नु जरुरी छ,’ उनी लेख्छन् ।

यही कारण आफूले टुरबाट विश्राम लिने निर्णय गरेको जसिटनले उल्लेख गरेका छन् । जस्टिन वर्ल्ड टुर गत मार्चमा लन्च भएको थियो । जसमा दक्षिण अमेरिका, एसिया, अस्ट्रेलिया, न्युजिल्यान्ड र युरोपमा मार्च २०२३ सम्म चल्ने ७० शोको योजना गरिएको थियो ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.