चर्चित इटालियन निर्देशकले गरे आफू छोरीको रुपमा जन्मिएको खुलासा - Crazysaptahik.com

चर्चित इटालियन निर्देशकले गरे आफू छोरीको रुपमा जन्मिएको खुलासा

विभिन्न फिल्म अवार्ड विजेता इटालियन निर्देशक इमानुएल क्रिएलेसले आइतवार भेनिस फिल्म फेस्टिभलमा उनको आत्मकथापरक चलचित्र ‘एल’ इम्मेनसिता’ प्रस्तुत गर्ने क्रममा उनी छोरीको रुपमा जन्मिएको खुलासा गरेका छन् । पेनेलोप क्रुज अभिनित ‘एल’ इम्मेनसिता’ ले सन् १९७० को दशकमा रोम निवासी इटालियन परिवारको कथा भन्छ ।

फिल्ममा उक्त परिवारकी जेठी छोरीले आफूलाई केटाको रुपमा चिनिन चाहने बताएपछि उनको आमासँगको पहिलेदेखिको तनावपूर्ण सम्बन्ध थप विकराल बन्छ । ‘यो फिल्म मेरो बाल्यकाल र मेरो आफ्नै कथाबाट प्रेरित छ,’ क्रिएलीजले भने । उनको अघिल्लो फिल्म ‘टेराफर्मा’ले सन् २०११ मा भेनिसमा स्पेसल ज्युरी अवार्ड जितेको थियो ।

‘म जैविक रूपमा छोरीको रूपमा जन्मिए । यसको मतलब अहिले ममा महिला चरित्रको ठूलो हिस्सा छैन भन्ने होइन,’ उनले पहिलो पटक सार्वजनिक रूपमा आफ्नो लैंगिक परिवर्तनबारे खुलासा गर्दै भने । ‘एक निश्चित बिन्दुमा मैले बाँच्ने वा गर्नेमध्ये एउटा छनौट गर्नै पथ्र्यो । यो आफूले रोजेर हुने कुरा होइन, जन्म नै त्यसरी हुन्छ,’ उनले थपे ।

उनले सम्बोधनमा आफ्नो लैंगिक परिवर्तनबारे थप विवरण दिएनन्, तर अगाडि उनले आफ्ना प्रायः कोमल फिल्ममा आफ्नी आमामाथि भर परेको र तिनले आमालाई पारेको चिन्ताबारे अवगत भएको बताए । इटालियन भाषामा बनेको एल ‘इम्मेनसिता’ मा, क्रुजको पात्रको सुरुवाती उत्साहप्रद चरित्र उनको कठोर पति र समस्याग्रस्त समस्यामा परेर दबिदै जान्छ ।

यी सबैले एक दुखी घरमा हुर्किंदाको पीडा अभिव्यक्त गर्छ । गतवर्ष भेनिसमा ‘प्यारालेल मदर्स’ फिल्मको अभिनयको लागि उत्कृष्ट अभिनेत्रीको अवार्ड जितेकी क्रुजले फिल्ममा उनले निभाएको चरित्र उम्किन नसक्ने स्थितिमा फस्ने बताइन् । ‘विश्वभरका धेरै महिलाहरू तिनकै घर परिवारमा फस्छन् ।

उनीहरु आफ्ना बच्चाको अगाडि केही नराम्रो भइरहेको छैन भन्ने भान दिन खोज्छन् । तर यस्ता धेरै कथा छन् । मैले आफैले पनि केही निक्कै नराम्रो घटना देखेको छु,’ क्रुजले फिल्म र त्यसको कथाबारे पत्रकारसँगको कुराकानीमा भनिन् ।

सम्बन्धित खवर