अध्यागमनलाई रीमाको प्रश्न : सन्दीपलाई कालोसूचीमा राख्नु कति न्यायपूर्ण ? - Crazysaptahik.com

अध्यागमनलाई रीमाको प्रश्न : सन्दीपलाई कालोसूचीमा राख्नु कति न्यायपूर्ण ?

नाबालिका बलात्कारको उजुरीपछि राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेलाई जिल्ला अदालतले पक्राउ पूर्जी जारी गयो । क्यारेबियन लिग खेल्न गएका केन्या पुगेका सन्दीप कहिले नेपाल फर्कने हुन् टुंगो छैन । यस्तोमा सन्दीप नआउँदै उनलाई अध्यागमन विभागले कालोसूचीमा राखेको छ ।

कालोसूचीमा राख्नुको अर्थ, उनलाई त्रिभुवन विमानस्थलको अध्यागमनमै पक्राउ गर्ने प्रहरीको तयारी हो । क्रिकेटबाट देश विदेशमा नाम चम्काएका सन्दीपको यो प्रकरणलाई लिएर सामाजिक सञ्जालमा मिश्रित प्रतिक्रिया आइरहेका छन् । अभिनेत्री, मोडल तथा सञ्चारकर्मी रीमा विश्वकर्माले कालोसूचीमा राख्ने अध्यागमनको निर्णयप्रति प्रश्न उठाएकी छिन् ।

अन्तर्राष्ट्रियस्तरको खेलाडीलाई कालोसूचीमा राख्ने कुरालाई उनले कति न्यायोचित भन्दै प्रश्न गरेकी छन् । उनी लेख्छिन्, ‘सन्दीप लामिछाने दोषी होलान् या निर्दोष यो त छानबिनपछि नै थाहा होला । दोषी भएमा उनले देशको कानुन बमोजिम सजाय पाउनुपर्छ, अपराधीले कुनै पनि हालतमा उन्मुक्ति पाउनु हुँदैन ।

तर आरोप लगाएकै भरमा राज्यले छानबिनकै क्रममा रहेको विषयमा दोषी नै भए जसरी एक अन्तराष्ट्रिय स्तरको राष्ट्रिय खेलाडीलाई कालोसूचीमा राख्नु कतिसम्म न्यायपूर्ण छ ?’ केही दिनअघि अभिनेता सन्तोष पन्तले पनि उजुरी दिने नाबालिकाको नियतमाथि प्रश्न उठाएपछि विवादमा तानिएका थिए ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.