हिन्दी ‘प्रेमगीत ३’ असोज ७ मा नेपालमा पनि प्रदर्शन हुने - Crazysaptahik.com

हिन्दी ‘प्रेमगीत ३’ असोज ७ मा नेपालमा पनि प्रदर्शन हुने

लामो अन्योलपछि अन्ततः ‘प्रेमगीत ३’को हिन्दी संस्करण नेपालमा समेत रिलिज हुने भएको छ । नेपाली संस्करण रिलिज हुने दिन असोज ७ गते नै हिन्दी संस्करण पनि लाग्ने भएको हो । अहिले हिन्दी संस्करणको प्रचारका लागि भारतको पश्चिम बंगालमा रहेका निर्माता सन्तोष सेनले यसको पुष्टि गरे ।

‘नेपाली वितरकसँगको सहमतिमै हिन्दी पनि ल्याउने निश्चित भएको छ,’ सेनले भने । ‘मधेश बेल्टसँगै सिंगो कलाप्रेमी दर्शकको तीव्र मागलाई मध्यनजर गर्दै ‘प्रेमगीत ३’ नेपाली र हिन्दी एकैदिन लगाउने निर्णय गरेका छौं,’ सेनले भने, ‘टिजर, गीत र ट्रेलरबाट दर्शकले देखाउनुभएको मायालाई ख्यालमा राखेका छौं ।’

यसअघि नेपालमा हिन्दीलाई रिलिज गर्ने वा नगर्नेबारे अन्योल थियो । भुवन केसीले ‘प्रेमगीत ३’ को हिन्दी संस्करणलाई रोक्ने खोजको हल्ला पनि चलेको थियो, जसलाई चलचित्र विकास बोर्डले प्रष्टीकरण पनि दिइसकेको छ ।

सम्बन्धित खवर