न्युड फोटोसुटमा रणवीर सिंहको स्पष्टिकरण : तस्विरमाथि छेडछाड गरियो - Crazysaptahik.com

न्युड फोटोसुटमा रणवीर सिंहको स्पष्टिकरण : तस्विरमाथि छेडछाड गरियो

बलिउड अभिनेता रणवीर सिंह आफ्नो नग्न फोटोसुटको विषयमा अहिलेसम्म पनि चर्चामा छन् । रणबीरको तस्बिरमा असाध्यै विवाद भएको थियो । यसका लागि उनीविरुद्ध मुद्दासमेत दर्ता गरियो । अब उनले आफ्नो नग्न तस्विरबारे प्रहरीसमक्ष स्पष्टिकरण दिएका छन् । रणवीर सिंहले आफ्नो न्युड फोटोबारे प्रहरीसमक्ष बयान दिएका छन् ।

आफ्नो बयानमा रणवीरले प्रहरीसमक्ष दाबी गर्दै भने, ‘जति पनि फोटो छन्, त्यसमध्ये एउटा फोटोलाई कसैले मर्फ अर्थात् एडिट गरेका छन् । मेरो फोटोमाथि छेडछाड गरियो ।’ रणवीरले आफूले मिडियामा आइरहेका जस्तो गरी फोटोसुट नगराएको पनि दाबी गरेका छन् । प्रहरीले रणवीर सिंहको बयान त दर्ता गरेको छ तर अब उनको बयानको पुष्टि गरिरहेको छ ।

सम्बन्धित खवर