
निर्देशक सुदर्शन थापा र पत्रकार सुजन श्रेष्ठबीचको विवाद मिलेको छ । शुक्रबार प्रहरी वृत्त, गौशालामा छलफलमा निर्देशक थापाले आफूले गालीगलौज गरेको गल्ती स्वीकार्दै आत्मालोचना गरेपछि मुद्दालाई अघि नबढाउने सहमति भएको हो । नेपाल पत्रकार महासंघ, बागमती प्रदेशका एसोसिएट अध्यक्ष वैकुण्ठ पराजुलीसहितको रोहबरमा थापा र श्रेष्ठबीच झण्डै दुई घण्टा छलफल थियो ।
थापाले पत्रकार श्रेष्ठमाथि गरेको गालीगलौज र धम्कीप्रति आत्मालोचना गर्दै माफी माग्ने र श्रेष्ठले यस मुद्दालाई फिर्ता लिने नबढाउने सहमति भएको छलफलमा सहभागी पत्रकारले जानकारी दिए ।

