नयाँ कलाकारलाई लियोनार्दो डिकाप्रियोको टिप्स : ड्रग्सबाट टाढा रहनुस्, सुपरहिरो फिल्म नहेर्नुस् - Crazysaptahik.com

नयाँ कलाकारलाई लियोनार्दो डिकाप्रियोको टिप्स : ड्रग्सबाट टाढा रहनुस्, सुपरहिरो फिल्म नहेर्नुस्

फिल्म ‘कल मी बाइ योर नेम’मा लुका ग्वाडाग्निनो चरित्रमा अभिनय गरेपछि तिमोथी चालमेट हलिउडको ‘इट ब्वाय’को रुपमा चिनिए ।  त्यसपछि उनी ‘ड्युन’सहित हलिउडका लोकप्रिय इन्डाइ फिल्म लेडी बर्ड र ब्युटीफुल ब्वायमा पनि खेले । ग्वान्डाग्निनोको आगामी फिल्म बोन्स एण्ड अलले भेनिस फेस्टिभलमा साढे आठ मिनेट लामो ‘स्ट्यान्डिङ ओभियसन’ पनि प्राप्त गयो ।

यसैबीच, अभिनेता चालमेटले हलिउडका अग्रणीको पदचाप पछ्याउँदै आफू अघि बढेको र लियोनार्दो डिकाप्रियोले आफूलाई दिएको सल्लाहबारे पनि खुलासा गरे ।भेराइटी म्यागजिनका अनुसार डिकाप्रियोले उनलाई कडा लागूपदार्थ नलिनू र सुपरहिरो फिल्म नहेर्नू भनेर सुझाए । डिकाप्रियो र चालमेटले एडम म्याकी निर्देशित सन् २०२१ मा रिलिज भएको ‘डन्ट लुक अप’मा अभिनय समेत गरेका थिए । यो फिल्म उक्त वर्ष ओस्कार अवार्डमा उत्कृष्ट फिल्मको मनोनयनमा समेत परेको थियो ।

सम्बन्धित खवर