पहिलो धिमेवादक महिलामाथि नेवारी फिल्म ‘इन्दिरा धिमे मैंचा’ निर्माण हुने - Crazysaptahik.com

पहिलो धिमेवादक महिलामाथि नेवारी फिल्म ‘इन्दिरा धिमे मैंचा’ निर्माण हुने

पहिलो नेपाली महिला धिमेवादक इन्दिरा लाछिमस्युको जीवनीमा आधारित फिल्म निर्माण हुने भएको छ । वितरक समेत रहेका गोपाल कायस्थले नेपाल भाषाको फिल्म ‘इन्दिरा धिमे मैंचा’ निर्माण गर्ने भएका हुन् ।

सोमबार भक्तपुरको कमलविनायकमा फिल्म मुहूर्त भएको छ । सुरेन्द्र तुलाधरको लेखन तथा निर्देशन रहने फिल्मको छायांकन असोज १० गतेदेखि सुरु हुने भएको छ । सहनिर्माताका रुपमा प्रकाशदीप श्रेष्ठ, गंगादेवी मानन्धर, सरिना बज्राचार्य, रजना जोशी र प्रवीण भाम छन् ।

फिल्ममा इन्दिरा लाछिमस्युको समेत अभिनय रहनेछ । प्रमुख भूमिकामा गणेशराम लाक्षी, आशाकाजी थकु, नगिना जोशी, रोजिना सुवाल, रुपेन श्रेष्ठ, देवचन्द्र बज्राचार्य, रामराजा भाम र सिम्रिक श्रेष्ठ हुनेछन् ।

मुहूर्त कार्यक्रममा भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिले सफलताको कामना दिए । नील शाक्य र सुरेन्द्र श्रेष्ठको संगीत रहनेछ भने जीवित जल्मी, भुपेन्द्र बज्राचार्य र फिरोज बज्राचार्यको वाद्य संयोजन छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.